बाह्रबीसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २६ औं साधारणसभा एवं एघारौं अधिवेशन आगामी चैत ९ र १० गते हुँदैछ । संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । संघको अध्यक्षका लागि अमृत कार्की, शम्भु तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । अमृत कार्की वर्तमान उपाध्यक्षहुन् । तिमल्सिना वर्तमान महासचिव हुन् ।
खत्री बिष्णु खत्रीका भाइ भएकाले उनले उम्मेदवारी दिन पाएमा उनी बलिया दाबेदार हुन् । सुमन खत्री अघिल्लो कार्यसमितिमा मानार्थ उपाध्यक्ष थिए । सुमन खत्री पूर्वअध्यक्ष बिष्णु खत्रीको भाइ भएकै कारण उनी ओझेलमा पर्दैआएका छन् । अध्यक्षका दाबेदारहरुमध्ये आफ्नै ब्रान्डमा ब्यापार गर्ने खत्री एकमात्र ब्यापारी हुन् । प्रहरीका उच्च अधिकारीदेखि अर्थप्रशासनको उच्च तहसम्म खत्रीको पहुँच छ ।
बुद्धराज बस्नेत २०७३ कांग्रेसबाट माओवादी भएका र २०७९ मा फेरि कांग्रेस छाडेका पात्र हुन् । उनी संघका पूर्वपदाधिकारी हुन् । उनलाई कुनै हालतमा उद्योग बाणिज्य संघको अध्यक्ष हुन नदिन बाह्रबीसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत नै लागेका छन् । माओवादी छाडेका उनलाई कांग्रेसको पनि साथ नभएपछि उनको संभावना कम देखिन्छ । ब्यापारीको हितमा अहिलेसम्म कुनै लबिङ नगरेका र आफ्नो मात्र स्वार्थपूर्ति गर्ने ब्यक्तिका रुपमा बस्नेत चिनिन्छन् । ब्यापारीले पेशागत हितका लागि राखेको बैठक छाडेर हिंड्ने पात्रका रुपमा उनी चिनिन्छन् ।
उद्योग बाणिज्य संघको चुनावमा पनि दलीय प्रभाव जबर्जस्त देखिने भएकाले अवसरवादका पर्यायहरु नेतृत्वमा आउने संभावना क्षीण रहेको संघकै एक पदाधिकारी बताउँछन् । यद्यपि संघका वर्तमान अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) भने बुद्धको पक्षमा लचिला देखिएका छन् । उनका भाइ सुदिप बस्नेतले बुद्धराजको पक्षमा फेसबुकमा लेखेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका भान्जा नाता पर्ने अरुण थापाको नाम लिंदै रसुवा भन्सारमा तस्करीको सेटिङ गर्छु भनेर क्यारिङवालाहरुलाई बस्नेत दुःख दिंदै आएका छन् । संघको सचिवमा इश्वर गुभाजुले दाबी गरेका छन् । उनी माओवादी निकट हुन् । र, सिन्धुपाल्चोका सांसद माधव सापकोटा ‘सुबोध’ का ब्यापारिक पार्टनर हुन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend