Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या


    बिहिबार, फाल्गुन ३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा गोली हानेर माहिला प्रहरीको हत्या गरिएको छ। घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको हाे ।

    वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ।

    गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए। झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेकाे बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहतीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार