Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बढ्यो पेट्रोलियम पदार्थको भाउ


    बिहिबार, फाल्गुन ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हाे ।

    निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

    अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६९.५०, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको निमगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार