काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।
गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ। बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।
औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ। पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् । खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend