Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, ग्यासको मूल्य १० रुपैयाँ घट्ने


    आइतबार, असार ३१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगमले आज मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    निगमले डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने बताएको छ । तर, खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने भएको हो ।

    सोही निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ र ग्यासमा १० रुपैयाँ घट्ने निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार