Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले गरे इन्गेजमेन्ट


    बिहिबार, फाल्गुन ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अस्ट्रेलियाका ६० वर्षीय प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो चार वर्ष पुरानो पार्टनर जोडी हेडेनसँग इन्गेजमेन्टको घोषणा गरेका छन्। उनले क्यानबेरास्थित प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा जोडीलाई आफूले डिजाइन गरेको विशेष औँठीका साथ प्रस्ताव गरेका छन् ।

    योसँगै अल्बानिज- पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्।

    बीबीसीका अनुसार प्रधानमन्त्री अल्बानिजले ४५ वर्षीय जोडी हेडेनलाई पहिलोपटक २०२० मा मेलबर्नमा एक व्यापारिक रात्रिभोजमा भेटेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार