Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ


    बिहिबार, फाल्गुन ३ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार दिउँसो ‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् ।

    सिराहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवलाई प्रहरीले पक्राउ गरेको हो।

    उनले १५ वर्षीय बालिगलाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेको छ ।

    बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए ।

    बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी थिइन् । उनको अवस्था गम्भीर छ ।

    उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

    अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार