काठमाडौं । दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक किशोरी गम्भीर घाइते भएकी छन्। प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको मृत्यु भएको छ।
गम्भीर घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनियाँ लगिएकोमा त्यहाँबाट लमही अस्पतालमा पुर्याउनासाथ बेलुकी ४ बजेर ५५ मिनेट जाँदा बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए।
साइकल चलाइरहेकी बस्नेतको मृत्यु भएको र सोही साइकलको पछाडि सवार राप्ती गाउँपालिका–८ पिपरीकी १६ वर्षीया विपना केसी गम्भीर घाइते भएकी छन्। दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend