Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • क्यानडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु


    बुधबार, फाल्गुन २ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंँ। क्यानडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए।

    उक्त कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती हुन्। उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ।

    उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत् रहेका थिए। दुई वर्षअघि क्यानडा पुगेका उनीहरु बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार