Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा ८ महिनाका बालकको हत्या


    मंगलबार, फाल्गुन १ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ‍‍‍‍‍‍‍‍‍‍‍‍झापा। झापामा एक ८ महिनाका बालकको हत्या भएको छ।

    उक्त हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

    उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।

    बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार