Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्युयोर्कमा गोली चल्यो, १ को मृत्यु, ५ जना घाइते


    मंगलबार, फाल्गुन १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको ज्यान गएको छ।

    उक्त घटनामा अन्य पाँच जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको हो।

    गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

    घाइते ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटना बारे थप अनुसन्धान जारी रहेको अमेरिकी प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार