काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका साथसाथै राप्रपाको संस्थागत सहभागिता नरहने भएको छ ।
प्रसाईंले आज मंगलबार राजधानीको भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ ।
पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्। उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।
त्यस्तै प्रसाईंले पूर्वराजालाई बाराको सिमरामा भेटेर कार्यक्रमको निम्ताका साथै समर्थन खोजेका थिए । सो भेटपछि उनले पूर्वराजासँग अर्थपूर्ण संवाद भएको समेत बताएका थिए ।
यस्तै उनले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् । प्रसाईले सोहीअनुसार सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए । यस्तै उनले कार्यक्रममा समेत सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए । उनले अध्यक्ष लिङ्देन मंगलबार आयोजित प्रसाईंको कार्यक्रममा सहभागी हुने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । अहिलेकै अवस्थामा संस्थागत सहभागिता नरहेपनि राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने उनको भनाइ थियो ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend