Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो


    मंगलबार, फाल्गुन १ २०८०
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।

    मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका छन । गत सोमबार मात्रै एक दर्जनभन्दा बढी शव निकालिएको थियो भने खानी मजदुर र गाउँलेसहित ५१ जना अझै बेपत्ता रहेको नगरपालिका सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

    ‘घटना भएको करिब एक हप्ता बितिसकेको छ, र हामी त्यहाँ कोही पनि जीवित छैन भनेर अनुमान गरिरहेका छौं,’ डाभाओ डे ओरो प्रान्तीय प्रकोप कार्यालयका प्रवक्ता एडवर्ड म्याकापिलीले भने, ‘यद्दपी सो क्षेत्रमा पहिला नै दुर्गन्ध छ, त्यसैले त्यहाँ पुनः प्राप्तिलाई छिटो ट्र्याक गर्न आवश्यक छ।’

    उनका अनुसार ५० मिटर गहिरो क्षेत्रमा खोजी हुन बाँकी रहेको म्याकापिलीले बताए । शुक्रबार एक तीन वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो, जसलाई उद्धारकर्ताहरूले ‘चमत्कार’ भनेका थिए । हिरोले ३२ जना घाइते भएका छन् भने ५५ घर, तीनवटा बस र एउटा जीप, एउटा सुन खानी फर्मका कर्मचारीलाई पर्खिरहेको मिनीबस पुरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार