एजेन्सी । कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नागरिक रिहा भएका छन् । भारतीय परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै कतार सरकारको प्रशंसा गरेको छ ।
‘दहरा ग्लोबल कम्पनीमा काम गरिरहेका र कतारमा थुनामा रहेका आठ भारतीय नागरिकको रिहाईलाई भारत सरकारले स्वागत गर्दछ ।’ मन्त्रालयले भनेको छ, ‘आठमध्ये सात जना भारत फर्किसकेका छन् । कतारका सरकारले हाम्रा नागरिकलाई रिहा गर्ने र स्वदेश फर्कन दिने निर्णयको हामी स्वागत गर्दछौं ।’
आठ भारतीय नागरिकको गिरफ्तारीले दुई देशबीचको कूटनीतिक तनाव बढाएको थियो । कतारले अगस्ट २०२२ मा यी भारतीयहरूलाई गिरफ्तार गरेको थियो । तर, गिरफ्तारीको कारण सार्वजनिक गरेन ।
यसअघि भारतले यी भारतीयहरूलाई दिइएको मृत्युदण्डको सजायविरुद्ध दोहामा अपील पनि गरेको थियो। यसपछि गत वर्ष कतारले मृत्युदण्डको सजाय घटाएको थियो ।
रिहा हुनेमा कमाण्डर (अव.) पूर्णेन्दु तिवारी, क्याप्टेन (अव.) नवतेज सिंह गिल, कमाण्डर (अव.) वीरेन्द्र कुमार वर्मा, क्याप्टेन (अव.) सौरभ वशिष्ठ, कमाण्डर (अव.) सुग्नाकर पकाला, कमाण्डर (अव.) अमित नागपाल, कमाण्डर (सेवानिवृत्त) सञ्जीव गुप्ता र सेलर रागेश छन् ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend