काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको उल्लेख गरेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् ।
अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’
यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उनले भने, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’ जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनको विश्लेषण छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend