गाजा । गाजा पट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको ज्यान गएको छ।
इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएको हमासको सैन्य शाखा कासम ब्रिगेडले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, “‘युद्धरत यस क्षेत्रमा अस्पतालहरूमा औषधी तथा स्वास्थ्यकर्मीको अभाव हुँदा उचित उपचार दिन असम्भव भएका कारण अवस्था अझ खतरनाक बन्दै गएको छ, इजरायलले निरन्तर बमबारी र आक्रमणको कारण यी घाइतेहरूको जीवनको लागि पूर्ण जिम्मेवार रहेको छ ।”
यसैबीच हमासद्वारा सञ्चालित अल अक्सा टिभीले हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै भनेको छ, “गाजाको दक्षिणी शहर रफाहमा इजरायलको कुनै पनि सैन्य कारबाही हुनसक्नबताएको छ ।”
सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकमिक आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो ।
हमाशको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिसहरू मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।
गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार १७६ पुगेको र अन्य ६७ हजार ७८४ जना घाइते भएको जनाएको छ । रासस
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend