Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि


    सोमबार, माघ २९ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो ।

    विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६२ औँ मिनेटमा फ्रांक केसीले अडिंग्राको कर्नरलाई गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

    ८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए । उनी अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका हुन् । उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार