महोत्तरी। दुई अलग अलग घटनाका आरोपमा ४ जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक र कुटपिट गरेको आरोपमा एक गरि चार जनालाई पक्राउ परेका छन् ।
डाकाँ गर्दै बलात्कार गरेको आरोपमा सम्सी गाउँपालिका-२ का २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका छन् । सम्सी गाउँपालिका- १ मा बस्दै आएकी १५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
माघ २३ गते राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको हो ।
बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखतसमेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन युवकलाई जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान र फरार एक जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यता ऋणीलाई पोलमा बाँधेर कुट्ने साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्याज दिएको भन्दै ऋणीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पिपरा गाँउपालिका-६ बस्ने रामकुमार शर्मालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शर्माले ऋणी भनिने धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित उमाप्रेमपुरका ४२ वर्षीय नरेश मण्डललाई बिजुलीको पोलमा बाँधि कुटपिट गरिएको हो ।
साहु रामकुमारले मण्डलमाथि अमानवीय व्यवहार गरेको पाइएपछि उनलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend