महोत्तरी। दुई अलग अलग घटनाका आरोपमा ४ जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक र कुटपिट गरेको आरोपमा एक गरि चार जनालाई पक्राउ परेका छन् ।
डाकाँ गर्दै बलात्कार गरेको आरोपमा सम्सी गाउँपालिका-२ का २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका छन् । सम्सी गाउँपालिका- १ मा बस्दै आएकी १५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
माघ २३ गते राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको हो ।
बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखतसमेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन युवकलाई जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान र फरार एक जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यता ऋणीलाई पोलमा बाँधेर कुट्ने साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्याज दिएको भन्दै ऋणीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पिपरा गाँउपालिका-६ बस्ने रामकुमार शर्मालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शर्माले ऋणी भनिने धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित उमाप्रेमपुरका ४२ वर्षीय नरेश मण्डललाई बिजुलीको पोलमा बाँधि कुटपिट गरिएको हो ।
साहु रामकुमारले मण्डलमाथि अमानवीय व्यवहार गरेको पाइएपछि उनलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend