Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिराहामा बलात्कारका आरोपी फरार प्रतिवादी पक्राउ


    शनिबार, माघ २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सिरहाको गोलबजारबाट पक्राउ परेका छन् ।

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए। दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ।

    प्रहरीले खोजीकै शिलशिलामा बिहिवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जानकारी दिए ।

    पक्राउ परेका दासलाइ आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार