Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यागमनले आजदेखि सुरु गर्‍यो ई–भिसा र अनलाइन भुक्तानी सेवा


    शुक्रबार, माघ २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज (शुक्रवार)देखि ध्यागमन विभागले ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।

    आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।

    विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्णरूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ ।

    अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरूमा पूर्णरूपमा डिजिट र स्वचालित रूपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् ।

    त्यस्तै विभागले माघबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षर प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार