Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री किराँतीले भने- विमानस्थल बनाउनभन्दा चलाउन गाह्रो


    शुक्रबार, माघ २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउनभन्दा चलाउन कठिन रहेको उल्लेख गरेका छन् ।

    आज उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउनसमेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन्

    नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए । उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाईट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार