एजेन्सी। पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनावका लागि गत बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहेको छ।
शुक्रबार दिउँसोसम्म विभिन्न आरोपसहित जेलमा हालिएका इमरान खान नेतृत्वको पार्टीका समर्थक स्वतन्त्र उम्मेदवारहरूले जितको अग्रता बनाएका हुन।
कुल जम्मा २६५ सिटमा भएको मतदानपछिको गणनाअनुसार अहिलेसम्म ६३ सिटको मत परिणाम सार्वजनिक भैसकको छ।
ताजा अवस्थामा पाकिस्तान तेहरिक इन्सान पार्टीको समर्थनमा मैदानमा उत्रिएका उम्मेदवारले अहिलेसम्म २१ सिटमा जित हासिल गरिसकेका छन् भने अर्कातिर बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले अहिलेसम्म २१ सिटमा जित निकाल्दै इमरान समर्थकलाई टक्कर दिइरहेको छ।
तेस्तै प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले १८ सिटमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ ।
अर्कोतर्फ़ अहिलेसम्म प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफले उम्मेदवारी दिएका दुइ मध्ये एक सिटमा पराजय बेहोरेका छन्।
नवाज मनसेहरा सिटमा पराजित हुँदा लाहौरबाट भने विजयी भएका कारण लाहौरको जितले भावी प्रधानमन्त्री हुने उनको बाटो बन्द हुनबाट जोगिएको छ।
अर्कातिर नवाजका भाइ तथा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहबाज शरिफ पनि विजयी भएका छन्।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend