महोत्तरी । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागूऔषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् ।
महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरु बनाउन समेत निर्देशन दिएका हुन् ।
गृहमन्त्री श्रेष्ठले लागूऔषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए ।
त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो ।
गृहमन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै सीमामा राजस्व चुहावट, क्रस बोर्डर क्राइमजस्ता विषयमा समेत संवेदनशील भएर काम गर्न निर्देशन दिए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend