Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक


    बिहिबार, माघ २५ २०८०
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालका ओपनर कुशल भुर्तेलले क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन्।

    भुर्तेलले ४४ बलमा ८ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। उनी अहिले क्रिजमा कप्तान रोहित पौडेलसँगै खेलिरहेका छन्।

    १४ ओभरको समाप्तीमा नेपालले एक विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ। दशौं ओभरको पहिलो बलमा क्यानडाका उदय भगवानले ओपनर आशिफ शेख २४ बलमा आठ रन बनाएर आउट गरेका हुन्।

    क्यानडासँग नेपालले शनिबार र सोमबार गरी तीनवटा एक दिवसीय खेल खेल्नेछ। आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप नेपालले यो खेल खेलिरहेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार