Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ लाख घुससहित नापीका सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ


    बुधबार, माघ २४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई घुससहित नियन्त्रणमा लिएको हो ।

    यसैगरी अख्तियारले राजधानी लेखापढी सेवाका लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई समेत पक्राउ गरेको छ । दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार