काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमै हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपालसहित नामिबिया र नेदरल्याण्डससहितको क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात फागुन ३ देखि २४ अर्थात फागुन १२ गते सम्म काठमाडौँमै हुदै छ ।
सिरिजको पहिलो खेल नेपाल र नामिबियाबीच फागुन ३ गते हुने छ भने भने दोस्रो खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ५ गते हुने छ । त्यस्तै तेस्रो खेल नामिबिया र नेदरल्याण्डसबीच फागुन ७ गते हुने छ भने चौथो खेल नेपाल र नामिबियाबीच फागुन ९ गते हुने छ । त्यस्तै पाँचौं खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ११ गते हुने छ भने छैटौं खेल नेपाल र नेदरल्याण्डसबीच फागुन १३ गते हुने तालिका सार्बजनिक भएको छ ।
क्यानले लिग-२ को यो सिरिज खेल्ने टिमको यस अघि नै घोषणा गरिसकेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सराफ, भिम सार्की, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजबंशी, सुर्य तामाङ र रिजन ढकाल रहेका छन् ।
त्यस्तै लिग-२ को यस सिरिजका लागि प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीको रुपमा रहेका छन् ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend