काठमाडौं । नेपाल स्काउटको निर्वाचन नरोक्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ १७ को पत्र र युवा तथा खेलकुद मन्त्रालयको माघ १८ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गरेको हो ।
यही माघ २७ मा स्काउटको निर्वाचन तोकिएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन रोक्न पत्राचार गरेको थियो।
समयमै निर्वाचन हुनुपर्ने माग गर्दै लोकबहादुर भण्डारीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्चले रिट निवेदकको माग बमोजिम निर्वाचन गराउन आदेश गरेको हो ।
नेपाल स्काउटमा सोमबार र मंगलबारका लागि अधिवेशन मिति तय भएको थियो। नेपाल स्काउटमा निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पहल गरेका थिए ।
त्यस्तै खेलकुदमन्त्रीको पहलमा नेपाल स्काउटमा १२ नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend