Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भारतसँग हारेपछि नेपाल यु–१९ महिला साफबाट बाहिरियो


    मंगलबार, माघ २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

    लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    भारतले पहिलो उक्त खेलमा भुटानलाई १०–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो ।

    भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरेका थिए ।

    अब प्रतियोगिताको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार