Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतका राजा चार्ल्सलाई क्यान्सर


    मंगलबार, माघ २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा उनलाई क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन । उहाँको नियमित उपचार शुरु भएको बीबीसीले जनाएको छ ।

    ७५ वर्षका राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी नहुने उल्लेख छ । तर बकिङ्गम दरबारले राजा जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ । लण्डनको एउटा निजी अस्पतालमा यसअघि एक हप्ताभन्दा लामो समय प्रोस्टेटको उपचार भएको र उपचार जारी रहने भएको छ ।
    क्यान्सर प्रारम्भिक चरणमा नै पत्ता लागेको विश्वास गरिएको छ । क्यान्सरको उपचारमा कीमोथेरापी पनि हुन सक्छ । त्यसमा क्यान्सरको कोष मार्नका लागि औषधि दिने गरिन्छ ।

    त्यसैगरी रेडिओथेरापी विधिबाट उपचार गराउँदा विकिरण दिएर क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार