Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमाले अध्यक्ष ओली आज झापा जाँदै


    मंगलबार, माघ २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा।प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाका दुईवटा कार्यक्रममा सहभागी हुन गृहजिल्ला जाने भएका छन्।

    ओलीले झिलझिलेको वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने र झापा इनर्जीको परियोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

    झापाको शिवसताक्षी नगरपालिकामा रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा आइपुग्ने छन्।

    नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र- ४ बाट निर्वाचित सांसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको लागत ८५ करोड रुपैयाँ रहेको छ।

    उक्त निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताए।

    साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार