Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री तथा कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन


    मंगलबार, माघ २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

    पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी पञ्चायत हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार