Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज सुनचाँदीको भाउ घट्यो


    सोमबार, माघ २२ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानिय बजारमा आज सोमबारसुनचाँदीको भाउ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो ।

    यसअघि, आइतबार छापावाल सुन १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

    सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार