Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • युभेन्टसलाई हराउँदै शीर्ष स्थानमा इन्टरलाई अग्रता


    सोमबार, माघ २२ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युभेन्टसलाई हराउँदै इन्टर मिलानले इटालियन सिरिए ए को शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार भएको खेलमा इन्टर १–० गोलले विजयी बन्यो ।

    खेलको पहिलो हाफमा फेडेरिको गाटीले गरेको आत्मघाती गोल निर्णायक बनेको थियो । ३५ औँ मिनेटमा क्रस गरिएको बल गाटीको छातीमा लाग्दै आफ्नै पोस्टमा छिर्न पुग्यो ।

    युभेन्टस २३ खेलबाट ५३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । इन्टरले एक खेल कम खेल्दै ५७ अङ्क बटुलेको छ । तेस्रो स्थानमा रहेको एसी मिलानको ४९ अङ्क छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार