Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बलात्कार आरोपमा प्रहरीका पूर्व सई पक्राउ


    आइतबार, माघ २१ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्व नायब निरिक्षक(सई) पक्राउ परेका छन्। सप्तरीका ५२ वर्षीय रमेश (नाम परिवर्तन)लाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

    १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले रमेशलाई नियन्त्रणमा लिएको थियो। जाहेरवालाका अनुसार रमेशले उनलाई पुस १७ , १८ र १९ गते राति बलात्कार गरेका हुन्। रमेश, जाहेरवालाकी आमा कमला (नाम परिवर्तन)सँग लिभिङ टुगेदरमा थिए।

    आमा गाउँ गएको र भाई होस्टलमा बसिरहेको मौकामा रमेशले आफ्नो कोठामा हरेक दिन राती ८ बजे पसेर जबर्जस्ती करणी गरेको युवतीको आरोप छ। रमेशले भने जाहेरवालालाई आफूले छोरीजसरी मान्ने गरेको भन्दै आरोप अस्वीकार गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार