Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतार एसिया कप फुटबलको सेमिफाइनल प्रवेश


    आइतबार, माघ २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उज्बेकिस्तानमाथि पेनाल्टी सुट आउटमा सनसनीपूर्ण नतिजा निकाल्दै डिफेन्डिङ च्याम्पियन कतार एसिया कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कतारको दोहामा जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएसँगै एसिया कपको अन्तिम चार टिम टुंगो लागेको छ ।

    सेमिफाइनलमा पुग्न कतारले उज्बेकिस्तानमाथि पेनाल्टी सुट आउटमा ३–२ को जित निकाल्यो ।

    कतारको लागि गोलकिपर मिशाल बार्शाम नायक बने । उनले ३ वटा पेनाल्टी सुटआउट बचाउ गरेका थिए । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार