Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • आहा रारा पोखरा गोल्डकपको उपाधि आर्मीले जित्यो


    शनिबार, माघ २० २०८०
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आहा रारा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

    पोखरा रंगशालामा आज (शनिबार) भएको फाइनलमा थ्री स्टार क्लबलाई ३–० को गोलअन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

    आर्मीका लागि जिलेस्पी जंग कार्की, फत्तेमान घले, र बसन्त जिम्बाले गोल गरे। ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।

    ८३ औं मिनेटमा फत्तेमानले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा बसन्तले आर्मीका लागि तेस्रो गोल गरे।

    यससँगै विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ र उपविजेता थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार