Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छ : प्रचण्ड


    शनिबार, माघ २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६औं स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।

    सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार