Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य


    शुक्रबार, माघ १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सचिन दास र उदय सहारानको शतकमा भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हाे ।

    सचिनले ११६ रन र कप्तान शहरानले १०० रनको योगदान दिए । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदयले दोहोरो शतकीय साझेदारी गरेका थिए ।

    भारतका प्रियांशु मोलिया १९, अर्शिन कुलकर्णी १८ र आदर्श सिंह २१ रनमा आउट भए । बलिङमा नेपालका गुल्शन झाले ३ र आकाश चन्द १ विकेट लिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार