Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्डलाई भेटेपछि ओलीले भने- टिआरसी विधेयक सहमतिबाटै टुंग्याउनुपर्छ


    शुक्रबार, माघ १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल भएको बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफल सकेर बाहिरिएपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको बताए ।

    टिआरसीबारे छलफल भइराखेका बेला त्यसबारे पनि कुरा भएको अध्यक्ष ओलीले बताए ।

    प्रधानमन्त्रीसँग टिआरसी विधेयकलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔं भन्ने कुरा भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार