काठमाडौं। सर्वोच्च अदालतले जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको बैवाहिक बलात्कार मुद्दाको फाइल झिकाउने आदेश जारी गरेको छ ।
आज (बुधबार) सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुनिल पोखरेलको इजलासले उक्त मुद्दाको फाइल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको हो ।
निलम्बित न्यायाधीश गिरीलाई उनकै पत्नी आरतीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिईन् । आरतीले काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेकीमा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध आरती उच्च अदालत पाटन गएकी थिईन् । उच्च अदालत पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेकी थिईन् ।
निलम्बित न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने निवेदक आरतीको माग छ ।
उक्त मुद्दामा अर्को सुनुवाइका लागि माघ २४ गते अर्को पेशी तोकिएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend