Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा पुग्यो


    सोमबार, माघ १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा प्रवेश गरेको छ ।

    हिजो नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो ।

    गण्डकी प्रदेशले दिएको १७१ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै ३८.३ ओभरमा अलआउट हुदै १७० रन बनाएको थियो ।

    मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।

    यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र अपराजित रहदै फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

    त्यसैगरी गण्डकी प्रदेशको भने छैटौं हार हो । गण्डकीको ८ खेलमा ४ अंकसहित अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार