Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले भने- व्यवस्थाविरोधी टिप्पणीप्रति संगठित प्रतिवाद गर्नुस्


    सोमबार, माघ १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगञ्ज । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेपरिवर्तनकाविरुद्ध भइरहेको टिप्पणीप्रति संगठित भएर प्रतिवाद गर्न आग्रह गरेका छन्।

    प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    प्रचण्डले भने,’लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध हल्का ढंगले टिप्पणी गर्ने र बदनाम गर्ने कामको निम्ति सोसल मिडिया प्रयोग गर्ने एउटा तप्का लागिरहेको छ। त्यसको प्रतिवाद हामीले संगठित रूपले व्यापक अभियानका रूपमा गर्नु छ। हामीले गर्नैपर्छ। प्रेस सेन्टरमा आबद्ध साथीहरूले मेहनत गर्नुभएको तपाईँहरूले अझै मेहनत गरेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्नको निम्ति भूमिका खेल्नुहुनेछ। मेरो तपाईंहरुप्रति भरोसा बढेको छ।’

    प्रधानमन्त्रीले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्न प्रेस सेन्टरमा आबद्ध सबैले भूमिका खेल्नुपर्ने बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार