वीरगञ्ज । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेपरिवर्तनकाविरुद्ध भइरहेको टिप्पणीप्रति संगठित भएर प्रतिवाद गर्न आग्रह गरेका छन्।
प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने,’लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध हल्का ढंगले टिप्पणी गर्ने र बदनाम गर्ने कामको निम्ति सोसल मिडिया प्रयोग गर्ने एउटा तप्का लागिरहेको छ। त्यसको प्रतिवाद हामीले संगठित रूपले व्यापक अभियानका रूपमा गर्नु छ। हामीले गर्नैपर्छ। प्रेस सेन्टरमा आबद्ध साथीहरूले मेहनत गर्नुभएको तपाईँहरूले अझै मेहनत गरेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्नको निम्ति भूमिका खेल्नुहुनेछ। मेरो तपाईंहरुप्रति भरोसा बढेको छ।’
प्रधानमन्त्रीले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्न प्रेस सेन्टरमा आबद्ध सबैले भूमिका खेल्नुपर्ने बताए।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend