Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ


    सोमबार, माघ १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ८ बस्ने १९ वर्षीय आयुष धिमाल छन् । उनलाई हिजो राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका – १२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

    सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार