काठमाडौँ। भारतीय गायन रियालिटी शो इण्डियन आइडलमा नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन्। अहिले चर्चामा रहेकी दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी हुन् ।
उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्छिन्। आइतबार प्रसारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक नितिन र रोहनले एआईजडित चस्मा प्रदान गरेका हुन्।
जहाँ मेनुकाले उत्त चस्मा लगाएर डेमोसमेत देखाइएको थियो। चस्मा लगाएपछि मेनुकाअघि जज कुमार सानु आएका थिए। त्यसपछि एआईजडित चस्माले अंगेजी भाषामा ‘कुमार सानु अघि उभिएका छन्’ भनेको थियो।
उनले अक्षयसमेत चिनेकी थिइन्।
त्यसपछि डाक्टरले उक्त चस्माको विशेषताबारे जानकारी दिएका थिए। मेनुकालाई दिइएको चस्मामा क्यामेरा जडान गरिएको छ। क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त तस्बिरबारे बताउँछ।
चस्माको सेन्सरमा एआई जडान गरिएको हुन्छ। चस्माको साइटमा पाँच अक्षरसमेत छन्।
जसलाई थिचेर काम डेमो भइसकेपछि मेनुकाले खुसी हुँदै डाक्टरसहित इन्डियन आइडल टिमलाई धन्यावाद दिइन्।
‘मलाई जीवनमा यति ठूलो उपहार कसैले दिएको थिएन। जो तपाईंहरुले दिनुभयो। यसका लागि धेरै धेरै धन्यावाद! मजस्तै अन्य थुप्रै हुनुहुन्छ। जसलाई म मद्दत गर्न सकुँ’, उनले भनेकी छन्।

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend