काठमाडौँ। भारतीय गायन रियालिटी शो इण्डियन आइडलमा नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन्। अहिले चर्चामा रहेकी दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी हुन् ।
उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्छिन्। आइतबार प्रसारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक नितिन र रोहनले एआईजडित चस्मा प्रदान गरेका हुन्।
जहाँ मेनुकाले उत्त चस्मा लगाएर डेमोसमेत देखाइएको थियो। चस्मा लगाएपछि मेनुकाअघि जज कुमार सानु आएका थिए। त्यसपछि एआईजडित चस्माले अंगेजी भाषामा ‘कुमार सानु अघि उभिएका छन्’ भनेको थियो।
उनले अक्षयसमेत चिनेकी थिइन्।
त्यसपछि डाक्टरले उक्त चस्माको विशेषताबारे जानकारी दिएका थिए। मेनुकालाई दिइएको चस्मामा क्यामेरा जडान गरिएको छ। क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त तस्बिरबारे बताउँछ।
चस्माको सेन्सरमा एआई जडान गरिएको हुन्छ। चस्माको साइटमा पाँच अक्षरसमेत छन्।
जसलाई थिचेर काम डेमो भइसकेपछि मेनुकाले खुसी हुँदै डाक्टरसहित इन्डियन आइडल टिमलाई धन्यावाद दिइन्।
‘मलाई जीवनमा यति ठूलो उपहार कसैले दिएको थिएन। जो तपाईंहरुले दिनुभयो। यसका लागि धेरै धेरै धन्यावाद! मजस्तै अन्य थुप्रै हुनुहुन्छ। जसलाई म मद्दत गर्न सकुँ’, उनले भनेकी छन्।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend