Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार आरोपमा एक युवक पक्राउ


    आइतबार, माघ १४ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। तनहुँमा ४६ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका – १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् ।

    उनलाई लाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । ​

    विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार