काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई लाइसेन्स दिन निर्देशन दिएका छन् । आज दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन सचेत गराए ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिलेको युग प्रविधिको युग हो । त्यसमा पनि सूचना–प्रविधि महत्वपूर्ण छ । हामीले इन्टिग्रिटेड टेक्नोलोजीमा केन्द्रित भएर परिणाम दिनुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच एकीकृत र समन्वयात्मक काम गर्नुपर्छ ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend