काठमाडौं । फेरान टोरेसको ह्याट्रिकको मद्दतले रियल बेटिसलाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा रहेका दुई टोलीमाथि दबाब कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सा ४–२ गोलले विजयी बनेको हो ।
खेलको ४१ औँ मिनेटमा टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
तर, इस्कोले ३ मिनेटको अन्तरमा दुई गोल गरेपछि बेटिस खेलमा फर्कियो । ९० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयमा टोरेसले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जीत सुनिश्चित गरे ।
२० खेलपछि बार्सिलोनाको ४४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको जिरोनाभन्दा ८ अङ्कले तथा दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ७ अङ्कले पछि रहेको छ
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend