Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत लैजाँदै गर्दा १७ वर्षीया किशोरीको उद्धार, दुई जना पक्राउ


    शुक्रबार, माघ ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–३ कि १७ वर्षीया एक किशोरीलाई भारतबाट उद्धार गरिएको छ । ललाई फकाई भारत पुर्‍याइएकी उनलाई भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरेको हो ।

    एसएसबी ५९ औं बाहिनी लौकाहीले किशोरी र दुई युवालाई सोधपुछ गर्दा स्पष्ट र सन्तोषजनक जवाफ नआएपछि क्याम्पमा लगेको थियो ।

    प्रहरीले दुई आरोपितलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ का २१ वर्षका कासिम अहम्मद र सोही ठाउँका २० वर्षीय मोहम्मद कैफ रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार