Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिजिट भिसाको समस्या समाधान गर्न युगान्डामा रहेका नेपालीले गरे प्रधानमन्त्रीलाई आग्रह


    शुक्रबार, माघ ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन हिजै साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेका हुन् ।

    प्रधानमन्त्रीसँग त्यहाँ रहेका नेपालीले भिजिट भिसाका समस्याबारे कुरा उठाउँदै समाधानका लागि राज्यले पहल गर्नु पर्ने बताएका थिए । “यहाँ तपाईंहरूले उठाएका मध्ये केही कुरा महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ”, उनले भने ।

    विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने उनको भनाइ थियो ।

    उक्त कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कंडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार