Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली टिप्पणी – गठबन्धन सरकारको जात देशद्रोही, गोत्र निकम्मा


    बिहिबार, माघ ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।

    आज पार्टी सम्बद्ध खेलकुद संगठनको कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन्। उनले जनताको बलमा मौजुदा सरकारविरूद्ध आन्दोलनको खाँचो पनि औंल्याए।

    ‘एकपल्ट एकजनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकैठाउँमा जोडिएको छ। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ उनले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचार वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो। यी एकैखालका हुन्। त्यसकारण यी एकै ठाउँमा बस्छन्। हामीले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुन बाट जोगाउनुपर्ने आवश्यकता छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार